2077-05-26
2077-05-26
नेपालको संविधान जारी भई गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी प्रदेशमा विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७५/०७/०६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय, गोरखा विधिवत रुपमा मिति २०७७/०५/०१ गतेदेखि संचालनमा आएको हो । गोरखा जिल्ला भित्रका ११ स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल, झोलुङ्गे पुल, भवन निर्माण तथा मर्मत र जनता आवास कार्यक्रम, यातायात शाखाको काम (बिलबुक, रुटपर्मिट, जाँचपास नविकरण) सम्वन्धी कार्य गर्ने गर्दछ । पूर्वाधार विकास कार्यालय, गोरखा , गोरखा नगरपालिका-८, आले गाउँमा रहेको छ ।
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, गोरखा
Powered By: ProActive Developers